परिचय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धादिङ बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो । धादिङ जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु हुन् । धादिङ जिल्लाको निलकण्ठ नगरपालिकामा अवस्थित छ ।यसको स्थापना वि. सं. २०५४ मा भएको थियो। यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ चिकित्सकबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, थेरापी सेवा , फिजियोथेरापी सेवा, अकुपञ्चर सेवाप्याथोलोजी ल्याव सेवा, योग सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यसका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्धबर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , धादिङ ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.